कैलालीको गोदावरी धाममा यसवर्ष अर्धकुम्भ मेला नहुने भएको छ । अर्धकुम्भ मेलाको योग परेपनी कोरोना भाइरसको संक्रमण बढेसँगै मेला नलगाउने निर्णय भएको आयोजक धाम विकास समितिले जनाएको हो ।

समितिले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अर्धकुम्भ मेलाका सम्पूर्ण औपचारिक कार्यक्रम नहुने जानकारी दिएको हो । तर कुम्भ मेलाको परम्परालाई निरन्तरता दिन गंगा पूजन,कलश पूजन, पंचाङ पुराण परायण ,लक्ष्य हवन लगायतका धार्मिक कार्यहरु भने सरकारले तोकेको मापदण्ड अनुसार नै गरिने धामका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

१२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ र प्रत्येक वर्ष मकर मेलाको आयोजना हुने योगअनुसार यसवर्ष अर्धकुम्भ मेला लगाउन छलफल थालिएको थियो ।

प्रतिक्रिया दिनुस