
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका –१६ स्थित मजगाउ विमानस्थल सञ्चालनका लागी प्रक्रिया अगाडी बढाइएको छ । स्थानीय प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा पुनः निर्माण गरिने विमानस्थलको निर्माण प्रक्रिया अगाडी बढाइने जनाइएको हो । सोमबार विमानस्थल पुनः सञ्चालन समितिले पत्रकार सम्मेलनको आयोजना गरी पुष २८ गते शिलान्यास गरिने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै समितिका संयोजक रमेश विष्टले तिन तहको ४५ करोड ६६ लाख २४ हजार ७ सय १५ रुपैयाँ लागत साझेदारीमा विमानस्थल निर्माणको प्रक्रिया छिट्टै अगाडी बढ्ने जानकारी दिए । आइतबार मात्रै निर्माण कम्पनी केएस –कान्छाराम कन्स्ट्रक्सन र नेपाल नागरिक उड्डयन प्राधिकरण बिच ठेक्का सम्झौता भएको उनले जनाए ।
विमानस्थल निर्माणका लागी पुष ११ गते नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले २ करोड ५१ लख बजेट भौतिक संरचना निर्माणका लागी विनियोजन गरेको थियो । विमानस्थल निर्माणमा सङ्घीय सरकारको ५० प्रतिशत, प्रदेश सरकारको २५ र स्थानियतहको समेत २५ प्रतिशत लगानी रहेको छ ।
पुष २८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले विमानस्थल शिलान्यास गर्ने कार्यक्रम तय भएको पुनः सञ्चालन समितिका प्रेस संयोजक ज्ञानेन्द्र महतोले जानकारी दिए । विस. २०५६ सालदेखी बन्द अवस्थामा रहेको विमानस्थलको पुनः निर्माण पक्रीया अगाडी बढाइएको उनले जनाए ।
मजगाउ विमानस्थलले ६६ बिघा जमिन ओगट्ने समेत उनले जनाए । उनले भने,–विमानस्थलको लम्बाइ १ हजार ६ सय ६२ मिटरको रहने छ।
प्रतिक्रिया दिनुस