महेन्द्रनगर । नेकपा एमालेको सुदूरपश्चिमका चार जिल्लामा नेतृत्व चयन भएको छ । अधिवेशन सुरु भएको चौथो दिनसम्म आइपुग्दा सर्वसम्मति र निर्वाचन दुवै प्रक्रियाबाट गरी सुदूरपश्चिमका ४ जिल्लाले नेतृत्व पाएका छन् ।

कैलाली, डडेल्धुरा, बैतडी र डोटीमा नयाँ नेतृत्व पाएका छन् । कैलालीको अध्यक्षमा रतन थापा, डडेल्धुरामा प्रकाश साउद, बैतडीमा सुरेन्द्र पाल र डोटीमा चक्र मल्ल छानिएका छन् । कञ्चनपुरमा भने मतगणना जारी रहेको जनाइएको छ । कञ्चनपुरमा विरबहादुर थापा पातल र सुरेन्द्र बिष्ट चुनावि मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुस