महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागी वीरबहादुर थापा पातल र भीमदत्तका मेयर सुरेन्द्र विष्ट बिच प्रतिस्पर्धा हुने भएको छ । सोमबार सम्म सहमति नजुटेपछि एमाले कञ्चनपुरको नेतृत्व चयनमा दुई पक्षको उम्मेदवारी देखिएको हो ।

बेदकोटका मेयर अशोक कुमार चन्दले यस अघि आगामी स्थानीय तहको निर्वाचनमा आफुले कक्षा नदोर्होयाउने निर्णय गरिएको भन्दै सामाजिक सञ्जाल मार्फत जानकारी गराएका थिए । मेयरको कक्षा नदोर्होयाउने निर्णय गरेका मेयर चन्द पार्टीको सचिवका लागी चुनावी मैदानमा छन् । वि.स.०७४ सालमा सम्पन्न स्थानियतहको निर्वाचनमा मेयरमा विजयी चन्द पार्टीको जिल्ला सचिव पदका लागी चुनावी मैदानमा उत्रिएका हुन् ।

अध्यक्षका उम्मेदवार थापा माओवादी पृष्ठ भूमिबाट एमालेमा प्रवेश गरेका हुन भने उनी सँग मेयर अशोक चन्दको सचिवमा उम्मेदवारी छ । थापा एक कुशल राजनीतिज्ञ ठानिन्छन् । थापा माओवादी पृष्ठभूमिबाट आएका र चुनावी मैदानबाट पनि अब्बल नेतृत्व छानिने स्रोत बताउँछ । थापा पक्षबाट उपाध्यक्षमा महेश पन्त, सह सचिवमा शेर बहादुर चन्द, इश्वरी कुवर चुनावी मैदानमा छन् ।

एमाले कञ्चनपुरको नेतृत्व छनौट सहमतिबाट सम्भव नदेखिएपछि चुनावी प्रक्रिया अगाडी बढाइएको हो । हाल जिल्ला पार्टी सचिव रहेका भीमदत्तका मेयर सुरेन्द्र विष्ट अधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बनेका छन् । विष्ट पक्षबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा फैरु तामाङ र कर्ण बहादुर चन्दको उम्मेदवारी छ ।

सुदूरपश्चिमका चार जिल्लामा सोमबार सम्म एमालेको नेतृत्व चयन भए पनि कञ्चनपुरमा भने नेताहरू बिच टकराब देखिएपछि मंगलबार  नेतृत्व छनौट भइसक्ने जनाइएको छ ।  मंगलबार बिहान ११ बजे देखी चुनाव हुने निर्वाचन समितीले जनाएको छ ।

प्रतिक्रिया दिनुस