काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ ले नेकपा माओवादी केन्द्र र नेकपा विप्लव पार्टी सँग तत्काल एकता सम्भव नभएको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार संघले राजधानीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव किरणले प्रचण्ड र विप्लवसँग तत्काल एकता सम्भव नभएको बताएका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुर्व माओवादीहरु सँग पार्टी एकता हुन सक्छ भनेर लगातार भन्दै आएका तर आफुसँग एकताको कुनै प्रयास नै नगरेको बताए ।

उनले सच्चा कम्युनिस्ट क्रान्तिकारीहरूबीच ध्रुवीकरण गरेर अघि बढ्ने बताएका छन् । प्रचण्डले पूर्वमाओवादीसँग एकीकरण गर्ने भन्नु भएको छ, वैद्यले भने,–‘माओवादी केन्द्रसँग हाम्रो पार्टीको एकता सम्भव छैन्।’ पुरानो व्यवस्था र संविधान स्वीकार गरेर एकताको सम्भावना छैन । माओवादी केन्द्रले माओवादसमेत त्यागिसकेको र अ

दालतको बाध्यताले अहिले फेरि माओवादी बनेको टिप्पणी समेत उनले गरे । उनले भने,–‘इच्छाले माओवादी हुनु भएको होइन, उहाँहरू माओवाद पनि छाडेर डबल नेकपा हुनु भएको हो । तर, अदालतले माओवादी केन्द्र फेरि बनाइदियो । बाध्यताले उहाँहरूले माओवाद भन्नु भएको छ ।’

विप्लव र मोहनविक्रम सिंह नेतृत्वको पार्टीसँग एकता प्रयास गरेको, तर त्यो पनि सम्भव नभएको उनले बताए । मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसालले एउटा खुट्टा संघर्षको मैदानमा र अर्को खुट्टामा सरकारतिर राखेकाले एकता सम्भव नभएको वैद्यले भन्नुभयो।

प्रतिक्रिया दिनुस