महेन्द्रनगर । कञ्चनपुरमा तेस्रो चरणको कोरोना भाइरष संक्रमणदर ह्वात्तै बढेको छ । मंगलबार गड्डाचौकी नाकामा गरिएको परिक्षणमा ७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार भीमदत्तनगरपालिकामा ९ जना, दोधाराचादनी, बेदकोट, बेलौरी र बेल्डाँडीमा १–१ जना र कृष्णपुर नगरपालिकामा २ जनामा कोरोना पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १२ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुस