महेन्द्रनगर । कञ्चनपुरमा एसपी उमाप्रसाद चतुर्वेदीको विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालयले मंगलबार एक कार्यक्रमका विच प्रहरी उपरिक्षक चतुर्वेदीको विदाई गरेको हो । वि.स.२०७७ पुष महिना देखी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा प्रहरी प्रमुखको भुमिका निर्वाह गरेका एसपी चतुर्वेदीले कार्यकाल अवधिभर जिल्लालाई थप मजवुद बनाइएको दावी गरे ।

उनले भने,–‘कञ्चनपुरमा लागुपदार्थ सेवनकर्ता र लागुऔषधको कारोवार अत्याधीक हुने गरेको पाइयो, त्यसको निवारणका लागी सूरक्षा व्यवस्था मजमुद पारिएका छौँ।’ एसपी चतुर्वेदीले निर्मला हत्या प्रकरणलाई निस्चीत दायरामा ल्याएर अनुशन्धान अगाडी बढाइएकाले छिट्टै वास्तविकता बाहिर ल्याउनमा मदत पुग्ने विश्वास दिलाए ।

कञ्चनपुरका एसपी चतुर्वेदीको पुष २५ गते प्रहरी प्रधान कार्यालय महिला तथा बालबालीका जेष्ठ नागरिक केन्द्र महाशाखामा सरुवा भएको हो ।

कञ्चनपुरमा नयाँ एसपीका रुपमा श्याम सिंह चौधरी आउने भएका छन् ।

प्रतिक्रिया दिनुस