फाइल ।

कञ्चनपुरः शुक्लाफाँटा नगरपालिका–४ असैनामा नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको छ। दस शय्याको नगर अस्पताल भवन निर्माणको कार्य सुरु गरिएको हो।

नगरपालिकाका इन्जिनियर दीपक धामीका अनुसार रु ६ करोड २४ लाखको लागतमा ठेक्का प्रक्रियामार्फत अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको छ। एमके विल्डर्स र निरज कन्सट्रक्सनसँग अस्पताल भवन निर्माणका लागि सम्झौता गरिएको छ। “भवन निर्माणका लागि कूल बजेट रु १० करोड ८३ लाख रहेको थियो”, उनले भने, “घटाघटीमा निर्माण कम्पनीले रु ६ करोड २४ लाखमा ठेक्का सम्झौता गरी निर्माण कार्य अगाडि बढाएको छ।” भवन निर्माणका लागि फाउन्डेसन राख्ने कार्य पूरा हुन लागेको छ । उहाँका अनुसार दुई वर्षभित्र भवन निर्माण सक्नुपर्ने सम्झौता रहेको छ। सोहीअनुरुप कार्य भइरहेको छ। अस्पतालमा ठेक्का सम्झौताअनुसार पाले घर, स्वास्थ्यकर्मी बस्ने आवास, पर्खाल, शौचालय र गेट निर्माण हुनेछन्। रासस

प्रतिक्रिया दिनुस