कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरमा ओली पक्षकै नेताहरु पदाधिकारीमा निर्वाचित भएका छन । एमाले ८ औँ जिल्ला अविधेशनबाट ओली पक्षकै नेता कार्यकर्ता पदाधिकारीमा निर्वाचित भएका हुन । एमाले कञ्चनपुरमा माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएका नेताहरुलाई एमाले मुल पार्टी ओली समुहले क्लिन स्वीप गरेको छ ।

 

नेपाल समुहबाट आएका र माओवादीबाट प्रवेस गरेका नेता कार्यकर्ताहरुको यो चुनावी परिमाण अनुरुप पत्तासाप भएको छ । जिल्ला अधिवेशनबाट पदाधिकारीमा पुरै विष्ट प्यानल निर्वाचित भएको सुरेन्द्र विष्टले आफ्ना प्रत्यासी बिर बहादुर थापा (पातल)लाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।

 

उनका अनुसार विष्टले आफ्ना प्रत्यासी थापालाई ९८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । विष्टले २ सय ८१ र थापाले १ सय ८३ मत ल्याएका थिए । उपाध्यक्षमा लक्ष्मी बुढाले आफ्ना प्रत्यासी महेश पन्तलाई ४९ मतको अन्तरले हाउँदै बुढा निर्वाचित भएकी छिन । बुढाले २ सय ५४ र पन्तले २ सय ५ मत ल्याएका थिए । सचिवमा भारी प्रतिस्पर्धा भएको छ ।

 

विष्ट प्यानलका तर्फबाट पल्लवराज भट्टले आफ्ना प्रत्यासी अशोक कुमार चन्दलाई ७ मतको हराउँदै सचिवमा निर्वाचित भएका छन । भट्टले २ सय ३३ र चन्दले २ सय २६ मत ल्याएका थिए । उप सचिवमा दुवै विष्ट प्यानलकै निर्वाचित भएका छन । उप सचिवमा कर्ण बहादुर चन्दले सर्वाधिक मत ल्याएका छन ।

 

चन्दले सबैभन्दा बढि ३ सय ४७ मत ल्याएका छन । भने फैरु तामाङ्गले २ सय ९६ मत ल्याएका थिए । भने पातल प्यानलका शेर बहादुर चन्दले १ सय ९६ मत ल्याएका थिए । कुल ४ सय ९९ मतदाता मध्ये, ४ सय ७० मत खसेका थिए । पदाधिकारीमा एकलौटी निर्वाचित भएसंगै ओली पक्षकै दबदबा रहेको छ । केही एमाले नेता कार्यकर्ताले ‘हाम्रो पाहुना बनेर आएका र पार्टी बिरुद्धमा लागेकालाई नेतृत्व दिदैनौँ’ । भनिरहेका थिए ।

 

माओवादीमा जस्तो यहाँ रजाई नहुने र पार्टी बिरुद्ध गएर एमालेमा नेतृत्व लिन नखोजे हुने भन्दै एमाले मुल पार्टीका नेता कार्यकर्ताले अब एमालेमा नेता होईन कार्यकर्ता भएर बस्न समेत चेतावनी दिईएका छन ।

प्रतिक्रिया दिनुस