महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट निर्वाचित भएका छन् । अध्यक्षमा विष्टले २ सय ८१ मत ल्याएका छन् ।

अध्यक्षमा विष्टले ९८ मत अन्तरले चुनाव जितेका छन् । उनका प्रतिस्पर्धी बीर बहादुर थापाले १८३ मत ल्याएका छन् । विष्ट प्यानलका अन्य सबै पदाधिकारी निर्वाचित भएका छन् । उपाध्यक्षमा लक्ष्मी बुढा २५४ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी थापा समूहका महेश पन्त २ सय ५ मत ल्याएका छन् ।

सचिवमा पल्लवराज भट्टले थापा प्यानलका अशोक चन्दलाई पराजित गरेका छन् । भट्टले २३३ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी चन्दले २२६ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुस