कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको पदाधिकारीमा एकलौटी प्यानल नै निर्वाचित भएको सुरेन्द्र विष्ट पक्षीय नेता कार्यकर्ता नै सदस्यमा पनि निर्वाचित भएका छन । विभिन्न कलष्टर तर्फ सदस्यको मत परिमाण अनुरुप विष्ट प्यानलबाट सदस्य निर्वाचनमा होमिएका ८३ प्रतिशत नेता कार्यकर्ता निर्वाचित भएका हुन । पाँच पुरै पदाधिकारी विष्टकै पक्षमा देखिएका छन । पालिका भूगोल, महिला, दलित, आदिवासी, थारु जनताति, युवा सबै सबै तर्फ विष्ट प्याल नै निर्वाचित भएका छन ।

माओवादीबाट आएका र नेपाल समुहबाट फर्किएका अधिकाँस नेता कार्यकर्ता पराजित भएका छन । ‘हाम्रो पार्टीमा बाह्य पार्टीबाट आएर रजाई गर्न कहाँ मिल्छ, ‘एक ओली पक्षिय नेताले भने, ‘पाटी छाडेर जाने र मुल पार्टी नेतृत्व बिरुद्धमा लागेका र माओवादीबाट प्रवेस गरेकाहरु पराजित भए,मुल पार्टी जित्यो ।’ एमाले कञ्चनपुरको ८ औँ महाधिवेशन सहमतीय आधारमा नभएपछि चुनाव भएको थियो । एमाले अधिकाँस नेता कार्यकर्ताहरुले चुनावी परिमाण मुल पार्टीकै पक्षमा भएको बताईरहेका छन ।

एमाले जिल्ला नेतृत्वको दुरदृष्ट्रि सहित एमालेमा गरेको योगदानलाई उच्च कदर गर्दै नेता कार्यकर्ताले नेतृत्व सहितका पदाधिकारी छनौट गरेको नेताहरुले बताएका छन । माओवादीबाट आएका लोकेन्द्र विष्ट खेमराज ओझाले जिल्ला सदस्य निर्वाचित भएका छन । विष्ट कृष्णपुर र ओझा लालझाडी भुगोलबाट आएका थिए । एमाले चुनावी परिमाणलाई लिएर एमाले तत्तकालिन अध्यक्ष एव अध्यक्षमा प्रत्यासी भएका बिर बहादुर थापाले धेर्य गर्न आग्रह गरेका छन । माओवादी र १० बुँदे भन्दै गरिएको नाराबाजी आफु निकट मिडिया प्रंयोग गर्दै नेतृत्व बिरुद्धमा गर्ने काम गम्भिर भएको बताएका छन । एमाले कञ्चनपुरमा निर्वाचित कमिटिको आजै सपथ ग्रहण हुनेछ ।

प्रतिक्रिया दिनुस