कैलाली । कैलालीमा बालुवा बोकेको ट्याक्टरमा लुकाई छिपाई लगेको अवस्थामा प्रहरीले सालको काठ बरामद गरेको छ । शुक्रबार अस्थायी प्रहरी पोष्ट श्रीपुरबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–७ गैडास्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ट्याक्टरबाट सो काठ बरामद गरेको हो ।

गोदावरी नगरपालिका–७ बस्ने २६ वर्षीय हर्क कुमालले चलाएको से १ त ८८६७ नम्बरको ट्याक्टरमा बालुवाभित्र ५५ थान सालको काठ फेला पारी ट्याक्टर र चालकसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरामद काठसहित ट्याक्टरलाई सव डिभिजन वन कार्यालय अत्तरिया पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुस