काठमाडौंः कोरोना संक्रमण तीव्ररुपमा बढ्दै गएपछि सरकारले कोरोना रोकथामका लागि एक महिने आदेश जारी गरेको छ। सिंहदरबारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि भन्दै आदेश जारी गरेको हो।

आमसभा, जुलुस र सभा सम्मेलन गर्न नपाइने,२५ जनाभन्दा बढी भेला हुन नपाइनेलगायतका विषयलाई समेटेर आदेश जारी गरिएको हो। खोप अभियानलाई तीव्र पार्ने विषयमा निर्णय भएको एक मन्त्रीले बताए।
‘कोभिड(१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश ०७८’ जारी गरीएको बताइएको छ।

प्रतिक्रिया दिनुस