फाइल ।

बझाङमा जीप दुर्घटना परि घाइते भएका सवारी धनी पुरक बहादुर सिहको मृत्यु भएको छ । सदरमूकाम चैनपुरबाट कैलाश तर्फ जादै गरेको जीप दुर्घटना हुँदा घाइते भएका सिहको उपचारका लागि धनगढी लैजादै गर्दा मृत्यृ भएको उनका आफन्त इश्वर बहादुर सिहले बताए ।

शुक्रबार सु.प.प्र ००१ च ००९१ नम्बरको जीप जयपृथ्वी नगरपालिका–२ मोत्तोलीमा दुर्घटनामा परेको थियो । यात्रुहरुलाई घर छोडेर फर्किने क्रममा घुम्ती मोडमा जीप दुर्घटनामा परेको थियो ।जीपमा सबार सबै यात्रु उत्रिएकाले जीपमा चालक र सवारीधनी सिह मात्रै सवार रहेका थिए । जीप चालक भने सकुशल रहेका छन । जीप सडकबाट ५० मिटर तल खसेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुस