फाइल ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड-१९ नियन्त्रणमा सरकारबाट जारी जनस्वास्थ्यका मापदण्डको पालना गर्दै माघी पर्व मनाउन आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा मनाईने चार्डपर्वहरु मध्येको महत्वपुर्ण पर्व माघे संक्रान्तिको अवसरमा शुभकामना सन्देश दिँदै मुख्यमन्त्री भट्टले यस्तो बताएका हुन् । यो पर्वले समस्त प्रदेशबासीमा आपसी सम्बन्ध अझ प्रगाढ बनाउन मद्दत पुग्ने उनले विश्वास लिएका छन् ।आजको दिन तिलको लड्डु, घ्यूचाकु खान र मकर स्नानका लागि प्रसिद्ध यो पर्व स्नान, दान, पुजाअर्चना, शुभकामना आदानप्रदान, मनोरञ्जन र मिष्ठान भोजन गर्दै विविध तरिकाले मनाउने गरिन्छ ।

No description available.

प्रतिक्रिया दिनुस