कञ्चनपुर माघ १। नेकपा माओवादी केन्द्रका  नेता देवेन्द्र राज ढुंगानाराष्ट्रिय भूमि आयोग कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका छ्न ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरी २८ वटा जिल्ला समितिमा राष्ट्रिय भूमि आयोग गठन गरेको छ ।

जसअनुसार नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य ढुंगाना कञ्चनपुरको अध्यक्षमा नियुक्त भएका हुन । यस्तै डडेल्धुरामा शेरबहादुर भण्डारी अध्यक्ष नियुक्त भएका छन् ।

आयोगले हाल २७ जिल्लामा भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई जग्गा वितरण गर्ने प्रक्रिया अघि बढाएको छ ।
गठबन्धन सरकार बनेपछि गत ३० भदौमा अध्यक्ष देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्दै सरकारले केशव निरौलाको अध्यक्षतामा अर्को आयोग बनाएको थियो ।

यी हुन् अन्य जिल्लामा नियुक्ति पाउने अध्यक्षहरुको नामावली यसप्रकार रहेको छ ।
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री
ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई
काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल
तनहुँ – रामचन्द्र अधिकारी
कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर
लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य
अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का
सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा
उदयपुर– बलबहादुर तामाङ

प्रतिक्रिया दिनुस