काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्म बिदा दिने निर्णय गरेको छ। पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै त्रिविले हिउँदे र बर्षे बिदाबाट मिलान गर्ने गरी माघ १० गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै विभागरआंगिक क्याम्पसहरुमा बिदा दिने निर्णय गरेको हो।

यस अवधिमा सञ्चालित परीक्षा भने नरोकिने त्रिविले जनाएको छ। ‘त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सम्पूर्ण विभागरआंगिक क्याम्पसहरुले हिउँदेरबर्षे विदा पाउने शिक्षकरकर्मचारीरविद्यार्थीहरुलाई हिउँदेरबर्षे बिदाबाट मिलान गर्ने गरी २०७८ माघ १० गतेसम्म बिदा दिने,’ त्रिविले जारी गरेको सूचनामा अगाडि भनिएको छ, ‘हाल सञ्चालनमा रहेका सबै परीक्षाहरु यथावत सञ्चालन गर्ने। परीक्षा केन्द्रहरुमा संक्रमण नियन्त्रणका लागि पूर्ण सावधानी अपनाउँदै तोकिएको भौतिक दूरी कायम गरी सञ्चालन गर्ने व्यवस्था गर्ने।’

प्रतिक्रिया दिनुस