कञ्चनपुर । स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत शिबराज सुनारले आफ्नी श्रीमती रेखा सुनारलाई घरमै बसाएर सरकारी तलब खुवाइरहेका छन ।

तेस्रो पटक महामारी आउँदा जनतालाई कसरी बाँच्ने चिन्ता भईरहेका बेला जनस्वास्थ्य कार्यालय प्रमुखले श्रीमतीलाई घरमै बसालेर जागिर खुवाएको खुलेको हो । यस अघि भन्दा पहिला पनि प्रमाण पत्र नहुदै Visiting Providerको रुपमा स्टाप नर्सको जागिर खुवाएका थिए । २०७७ साल माघ १० गते स्वास्थ्य कार्यालयले आत्महत्या रोकथाम तथा विद्यालय मानसिक स्वास्थ्य कार्यक्रम अन्तरगत आवेदन खुला गरेको थियो ।

त्यसमा स्वास्थ्य कार्यालय कञ्चनपुरका कार्यालय प्रमुख सुनारले आफ्नी श्रीमती लाई भर्ना गरेर शुक्लाफाटा कार्यक्षेत्र हालेका थिए । उनको कार्यक्षेत्र शुक्लाफाटा नगरपालिका रहेको भएपनि उनि भने कहिलै शुक्लाफाटा नगएको जनस्वास्थ्य कार्यालय श्रोतबाट जानकारी प्राप्त भएको छ ।

शुक्लाफाँलाटाका विद्यालयमा गरिने तालिम पनि जनस्वास्थ्य कार्यालयमा गर्ने गरिएको र कार्यालयमै हाजिर लगाएर तलब खाने गरेको श्रोतको दाबी छ । रेखा सुनार कार्यालय प्रमुख सुनार संगै जनस्वास्थ्य कार्यालयको आवासमा बस्दै आएकी छिन । यस पुर्ब पनि शिवराज सुनारले २०७६–७७ मा सुचनामा उल्लेख गरेको भन्दा बाहिर गएर आफनी श्रीमतीलाइ जागिर खुवाएका थिए ।

कर्मचारी आवश्यक्ताको आवेदनमा Implant तथा IUCD तालिम प्राप्त भएको हुनुपर्ने माग भएपनि IUCD तालिम नलिएकी आफनी श्रीमतीलाइ निवेदन दिन लगाइ जागरि खुवाएका थिए । तेतिबेला आफनो प्रमाण पत्र नआइपुगेको र पछि पुग्ने भनेर आवेदन गर्न पठाएका थिए ।

कार्यालय प्रमुख सुनारले कार्यालयमा आर्थिक हिना मिना गर्ने गरेको पनि पाइएको छ । धेरै जसो समय घुम्न जाने र आएर हाजिर लगाउने गरेको पाइएको छ । गत बर्ष मुस्ताङ घुम्न जादा पनि सरकारी गाडीको दुरुपयोग गर्दै बिदा नलिइ घुम्न गएका थिए ।

ठाडो निबेदनको भरमा आफनी श्रीमतीको करार सम्झौता थप्दै जाने गरेपनि बाहिरका अन्य स्टापहरुलाइ भने दुव्र्यावहार गर्ने र हेप्ने समेत गर्ने गरेको जनस्वास्थ्य कार्यालयका एक कर्मचारीको भनाइ रहेको छ ।

भित्रको कर्मचारीलाइ नै क्यानटिन राख्न लगाएर बिल भौचर मिलाउने गरिएको पाइएको छ । नियम अनुसार अफिस भित्रको कर्मचारीले नै क्याक्टिन खोल्न मिल्दैन । कार्यालय प्रमुख सुनारको यस्ता खाले कयौ कैफियत देखिएका छन ।

तत्कालिन अवस्थामा स्वाथ्थ्य कार्यालयले गरेको सुचना जसको ग मा ष्mउबिलत तथा क्ष्ग्ऋम् हुनुपर्ने उल्लेख छ । अख्तियार र स्वास्थ्य कार्यालयको दुरी ३ मिटर पनि छैन । कार्यालय प्रमुखको यो अनियमितता अख्तियारको समेत साथ सर्मथन रहेको आशंका गरिएको छ ।

कोरोना महामारीले जिल्ला आक्रन्त भईरहेका बेला कार्यालय प्रमुख सुनार भनेर जिल्ला बाहिर रहेको जनस्वास्थ्य कार्यालय स्रोतको भनाई छ । स्रोतका अनुसार कार्यालयमा आफुखुसी चरम परिवारमा लिप्त भएका प्रमुख सुनारको नेतृत्वमा खोपमा समेत अनियमितता भएको भन्दै उनी बिरुद्धमा कर्मचारी समेत असन्तृष्ट रहेका छन ।

उनको यो गैर कानुनी काममा स्वास्थ्य निर्देशनालय, समाजिक विकास मन्त्रालय समेत मुछिएको छन । एक कार्यालय प्रमुख कर्मचारी गैर कानुनी काममा माथिल्ला निकायले निगरानी र नियन्त्रण गर्नुपर्ने भएपनि केही गरेका छैनन ।

प्रतिक्रिया दिनुस