फाइल।

बाजुरा । बाजुरामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । खप्तडछेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो । भारतबाट फर्किएका बुढालाई गौरीफन्टा नाकामा कोरोना परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारपछि घर फर्किएका बुढा होम आइसोलेसनमा बस्दै आएका थिए । मृतक बुढाको स्थानीयले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर दाहसंस्कार गरेको जनाइएको छ । उनको सम्र्पकमा रहेका आफन्त होम आईसोलेसनमा बसेका छन् । बाजुरामा ११ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय बाजुराका सुचना अधिकारी लेखनाथ न्यौपानेले बताए । उनका अनुसार बडीमालिका नगरपालिकाका ८ जना, बुढीगंगा नगरपालिकाका १ जना र बुढीनन्दा नगरपालिकाका २ जनामा कोरोना देखिएको छ ।

प्रतिक्रिया दिनुस