कञ्चनपुरको सदरमुकाम भनिर चिनिने महेन्द्रनगर बजारमा सवारी चाप बढ्दै गएको छ । सवारी चाप बढे संगै बजार क्षेत्रमा सही तरिकाले बाटो काट्न र सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक लाइटको आवश्यकता छ । तर, अहिले सम्म सुदूरपश्चिमका कुनै पनि बजार क्षेत्र तथा चोकहरुमा ट्राफिक लाईट राखिएका छैनन् ।

जसले यस क्षेत्रका यात्रु तथा चालकले लाईटको बारेमा व्यवहारीक ज्ञान समेत पाउन सकेका छैनन् । ट्राफिक लाईटका रुपमा प्रयोग हुने रातो, हरियो र पहेँलो रंग र यसको अर्थका बारेमा यात्रु र चालकलाई बुझाउन समेत यसको आवश्यकता भएपनि यसको बारेमा सरोकारबाला निकायको ध्यान पुग्न सकेको छैन ।

ट्राफिक लाईटले यातायात व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत मुग्ने ट्राफिक प्रहरीको अपेक्षा छ । तर स्थानिय सरकार सँग आवस्यक समन्वय हुन नसक्दा समस्या भएको जनाइएको छ । ट्राफिक लाईट प्रयोगमा ल्याइएपछि रातो, हरियो र पहेलो बत्तिको माध्यमबाट यात्रुहरुलाई सिग्नल दिने गरिएको हुन्छ ।

रातो रङको अर्थ अगाडि खतरा छ भन्ने हुन्छ । यो रङलाई ट्राफिक बत्तीमा गाडी वा यात्रुलाई रोक्नका लागि प्रयोग गरिन्छ । पहेँलो रङ पैदल बाटो काट्न अथवा गाडी अगाडि बढाउन उर्जाको प्रयोग गर्न तयार होउभन्ने संकेत गर्दछ भने हरियो रङले सबैकुरा ठीकठाक छ भन्ने कुराको संकेत गर्दछ ।

प्रतिक्रिया दिनुस