भट्ट, कार्तिक १२,बेलौरी
कंचनपुरको दक्षिणी क्षेत्र बेलौरीमा रामलिला मञ्चन आयोजना हुने भएको छ। बुधबार बेलौरी साँस्कृतिक तथा रामलिला समितीले पत्रकार सम्मेलन गर्दै रामलिला मञ्चनबारे जानकारी गराएको हो। दोस्रो रामलिला मञ्चन कार्तिक १५ गतेदेखि २५ गतेसम्म संचालन हुने समिती अध्यक्ष दिनेश कुवँरले बताए।
अध्यक्ष कुवँरका अनुसार यस वर्षको रामलीला कार्यक्रमलाई पहिलो संस्करणभन्दा अझ भव्य, आकर्षक र शैक्षिक बनाउने लक्ष्य लिइएको छ। रामलीला मञ्चन बेलौरीको खुलामञ्चमा दैनिक साँझ सञ्चालन हुनेछ। कार्यक्रममा स्थानीय कलाकारहरूका साथै क्षेत्रका विभिन्न विद्यालय, धार्मिक संघसंस्था र समाजसेवीहरूको पनि सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमले धार्मिक, सांस्कृतिक र सामाजिक एकता सुदृढ गर्न मद्दत गर्ने अपेक्षा समितिले व्यक्त गरेको छ। पहिलो संस्करणको रामलीलामा दर्शकको उत्साहजनक उपस्थिति रहेकाले यस वर्ष दर्शकको बस्ने सुविधा, मञ्च सजावट र ध्वनि व्यवस्थामा विशेष ध्यान दिइने भएको जनाइएको छ। रामलिलाको तयारी तीव्र रहेको आयोजकले जनाएको छ।

