महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा बुधबार नयाँ ईको क्लब गठन गरिएको छ। बीएससी दोस्रो वर्ष (भौतिक समूह) का विद्यार्थी विष्णु जोशीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरिएको हो।

नयाँ पदाधिकारीहरूलाई निवर्तमान अध्यक्ष रोहित पालले शपथ ग्रहण गराएका थिए। कार्यक्रममा क्याम्पस प्रमुख डा. तिलमाया ढकाल खरेल, सहायक क्याम्पस प्रमुख डा. प्रकाश दत्त भट्ट, निवर्तमान सचिव सरिता भट्ट लगायत क्याम्पसका शिक्षक, विद्यार्थी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो। ईको क्लबले वातावरणीय सचेतना, सरसफाइ अभियान, वृक्षारोपण, तथा हरित क्याम्पस निर्माणजस्ता गतिविधि सञ्चालन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुस