महेन्द्रनगर । सुदूरपश्चिममा थप ३ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट १२ सय ७५ जनाको नमूना परीक्षण गरिएको थियो । पीसीआरमार्फत १०५ र एन्टीजेन मार्फत २४२ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआरमार्फत कञ्चनपुरमा १ सय २५ जना, सेती प्रादेशिक अस्पतालमा ८९, जिल्ला अस्पताल बैतडीमा दश, जिल्ला अस्पताल डोटीमा ४ र एन्टीजेनमार्फत कैलालीका ९५, डोटीका सात ,डडेल्धुरा र बाजुराका छ÷छ र बैतडीका पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १२ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन् । बाजुराको खप्तडछेडेदह –२ का ५१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको हो । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६ सय १६ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुस