जनकपुर धाम । प्रदेश २ ले आफ्नो नाम टुंगो लगाएको छ । सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ ‘मधेश प्रदेश’ नामलाई दुई तिहाइ बहुमतले पारित गरेको छ । प्रदेशसभाको बैठकमा भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० मत परेको हो ।

जुन दुई तिहाइ बहुमत हो । १०४ सदस्यीय प्रदेशसभामा सोमबार भएको मतदानमा ९९ मत खसेको थियो । साथै, सोमबार नै प्रदेशसभाले प्रदेशको राजधानी जनकपुर पारित गरेको थियो ।

प्रतिक्रिया दिनुस