अछाम–जिल्ला प्रशासन कार्यालय अछामका पाँच जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनी लगायत पाँच जनामा कोरोना पुष्टि भएपछि आकस्मिक र शान्ति सुरक्षा बाहेकका सबै सेवा एक हप्ताका लागि बन्द गरिएको प्रशासनले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी मरासेनीद्वारा जारी सूचनामा माघ १० गतेसम्मका लागी कार्यालयबाट प्रदान हुने आकस्मिक र शान्ति सुरक्षा बाहेकका सेवा बन्द गरिएको उल्लेख गरिएको छ । प्रमुख जिल्ला अधिकारी मरासिनीका अनुसार आफु सहित नागरिकता फाँट र अन्य शाखामा कार्यरत कर्मचारीमा ज्वरो आउने, खोकी लाग्ने, जीउ दुख्नेलगायतका लक्षण देखिएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएका सबै कर्मचारी होम आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुस