बैतडीको मल्लादेहीमा खानी तथा भूगर्भ विभागले फलाम अन्वेषण कार्य सुरु गरेको छ। विभागको टोलीले मल्लादेवीमा १५ वर्ग किलोमिटर क्षेत्रमा फलाम अन्वेषणको कार्य सुरु गरेको हो। विभागका महानिर्देशक रामप्रसाद घिमिरेले फलाम रहेको सम्भावित क्षेत्रको अध्ययन गरी ‘म्यापिङ’को कार्य अगाडि बढाएको बताए। ‘ठूलो क्षेत्रफलमा अध्ययन गरेर क्रमशः सानो क्षेत्रफलको अध्ययन गर्ने छौँ,’ उनले भने। विभागले एक महिनाको फलामको भू–भौतिक अध्ययनका लागि जनशक्तिसमेत खटाइसकेको छ।

बैतडी बाहेक बिभागले संखुवासभाको लोहाकोटमा पनि ५० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानीको अन्बेषण गर्ने जनाएको छ। यस्तै कैलालीको खोलामा पाइने ढुंगाको समेत अध्ययन गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुस