फाइल ।

महेन्द्रनगर । कञ्चनपुरकी एक महिलाको उद्धार उद्धार गरिएको छ । दैजि बस्दै आएका २९ वर्षीया महिलाको कुतियाकवर नेपाल–भारत सिमा नजिकबाट भारत जान लागेको अवस्थामा सशस्त्र प्रहरीले उद्धार गरिएको जनाएको हो ।

कुतियावकर क्षेत्रबाट भारत जान हिडेको अवस्थामा सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर) र माईती नेपालको टोलीले महिलालाई सोधपुछ गरेको थियो । सई देबेन्द्र नाथका अनुसार शरिरमा चोटपटक रहेको अवस्थामा भारतजान लागेकी ति महिलालाई सोधपुछ गर्दा शंकाको आधारमा रोकिएको हो ।

महिलाको हात र मुखमा निलडाम हुने गरि चोट देखिएको जनाइएको छ । सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (कुतियावकर), बाबाथान प्रहरी चौकी र माईती नेपालको टोलीले प्राथमिक स्वास्थ्य केन्द्र दोधारामा उनको उपचारपछि ईलाका प्रहरी कार्यालय दोधारा चाँदनी ल्याएका थिए । मानसिक अवस्था अलिक कमजोर जस्तो देखिएकी ति महिलालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय पठाईएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ ।

प्रतिक्रिया दिनुस