महेन्द्रनगर । महेन्द्रनगरमा बुद्धिजीवी सङ्गठनले कार्यालय सञ्चालनमा ल्याएको छ । मंगलबार जिल्ला कार्यालय कञ्चनपुरको उद्घाटन गर्दे नेपाल बुद्धिजीवी सङ्घले आगामी दिनमा पार्टीलाई एकता बद्ध गर्दै बलियो सगठन निर्माण गरिने जनाएको हो ।
नेकपा माओवादी केन्द्रकी नेतृ एव नेपाल बुद्धिजीवी सङ्गठन सुप प्रदेश इन्चार्ज कौसिल्या ओझाले सङ्गठनले आगामी दिनमा पार्टीलाई एकता बद्ध गर्दै सबै भन्दा बलियो सगठन निर्माण गर्ने जनाइन् । यसले बुद्धिजीवीहरूको हकहित सधैँलागि रहने बताइन । त्यसै गरी कार्यालयको उद्घाटन मात्र गरेर कोठामा साँचो झुन्डाएर मात्र हिँड्ने नगरी सबैको हकहितका लागि अगाडि बढ्नु पर्ने , पार्टीलाई बलियो बनाउन बुद्धिजीवीहरूको अहम् भूमिका हुने राज्यमन्त्री मान ब. सुनारले बताए ।
नेपाल वृद्धिजिवी सङ्गठनका अध्यक्ष वीरेन्द्र सिह साउदको सभापतित्वमा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश ईन्चाज कौशिल्या ओझा, विशिष्ट आतिथीमा राज्य मन्त्री मान बहादुर सुनार , केन्द्रीय सदस्य देवीलाल चौधरी , संविधान सदस्य टेकेन्द्र प्रसाद भट्ट, केन्द्रीय सदस्य लोकेन्द्र लम्साल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुस