महेन्द्रनगर । कञ्चनपुरमा ५ सय ३६ कोरोना संक्रमित थपिएका छन् । मंगलबार भीमदत्त नगरपालिकामा ६३ जना, पुनर्वास नगरपालिकामा २५ जना, दोधारा चाँदनीमा ८ जना, बेलौरी नपामा २३ जना, वेदकोटमा ५ जना, शुक्लाफाँटामा १ जना, लालझाडीमा १ जना, बेलडाँडीमा १ जना, कृष्णपुरमा १२ जना र सीमा नाका गड्डाचौकी हुँदै भारतबाट फर्केका ४६ जनामासंक्रमण पुष्टि स्वास्थ्य कार्यालयले जनाएको हो ।

एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२३ जनामा संक्रमण देखिएको छ भने पिसिआर परीक्षणबाट ६२ जनाको नतिजा पोजेटिभ आएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार तीन साताको अवधिमै जिल्लामा कोरोना संक्रमितको संख्या ५३६ पुगेको छ । जसमध्ये महाकाली अस्पतालको आइसोलेसनमा ३८ जना र होम आइसोलेसनमा ४९८ जना उपचाररत छन् । चौबीस घण्टामा एन्टिजेन विधिबाट ५८२ जनाको परीक्षण गरिएको थियो भने पिसिआर विधिबाट १०४ जनाको कोरोना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुस