महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये भीमदत्त नगरपालिकाका १६ जना कर्मचारीमा पनी कोरोना देखिएको स्वास्थ्य कार्यालयले जनाएको हो ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार संक्रमण पुष्टि हुनेमा भीमदत्तनगरपालिकामा ६० जना, वेदकोट नगरपालिकामा १२ जना, पुर्नवास नगरपालिकामा १० जना, दोधारा चादनी नगरपालिकामा ९ जना, वेलौरी नगरपालिकामा ५ जना, सुक्लाफाँटा नगरपालिकामा ४ जना र कृष्णपुर नगरपालिकामा १ जना र गड्डाचौकीमा गरिएको परिक्षणमा ८१ जनामा कोरोना संक्रमण पुष्ट भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा १७ जना कोरोना मुक्त भएका छन् । ६ सय १३ जना होम आइसोलेनमा छन् भने २२ जना आइसोलेनमा बसेका छन् ।बुधबार सम्म जिल्लामा ६ सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।
भीमदत्त नगरपालिकामा १६ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावस्यक वाहेकका सबै सेवा सुविधा पौष १० गते सम्मका लागी स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुस