महेन्द्रनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले इन्धनमा गरिएको मुल्य वृद्धी अविलम्ब फिर्ता गर्न माग गरेको छ । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले पटक–पटक पेट्रोलियम पदार्थमा मुल्य वृद्धी गर्दे जनताको ढाड सेक्ने काम गरेको प्रती अखिल (क्रान्तिकारी)ले भत्सना गरेको हो ।

विहिबार अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष हरी कृष्ण गजुरेलद्धारा हस्ताक्षरित विज्ञप्तीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार र आयल निगमसँग जोडदार माग गरिएको छ । त्यस्तै विज्ञप्तीमा कोरोनाको विकट परिस्थीतिमा सञ्चालन भइरहेका परिक्षामा विद्यार्थीहरुको स्वास्थ्य सुरक्षाका प्रति कलेजहरु संवेदनसील नदेखिएका भन्दै विद्यार्थीहरुको मर्मअनुरुप परिक्षा सँचालन गरिनुपर्ने माग राखिएको छ ।

विज्ञप्तीमा त्रिभुवन, पोखरा, पूर्वाञ्चलविश्वविद्यालय लगायतका कलेजहरुले कोभिड र ननकोभिड परिक्षार्थीहरुलाई छुट्टाछुट्ै स्थानमा राखी परिक्षा दिनपाउनुपर्ने माग गरिएको छ ।साथै विज्ञप्तीमा सिमाक्षेत्रका विषयमा वर्तमान सरकार निरीह देखिएको हुदा नयाँ वैज्ञानीक समाजवादमा अघि बढ्न सम्पुर्ण विद्यार्थी, शिक्षक , मजदुर, किसान, अभिभावकलगायत सम्पुर्ण जनसमुदायलाई अनुरोध गरिएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुस