महेन्द्रनगर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अत्यावश्यकबाहेक सबै सेवा बन्द गरिएको जनाएको छ । कोरोना भाइरसको जोखिम बढेको भन्दै अत्यावश्यकबाहेक सबै सेवा स्थगन गरेको प्रशासनले जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयले भोलिदेखि अर्को सूचना जारी नभए सम्मका लागि शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक बाहेकका नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, दर्ता, नविकरण, पेन्सन सिफारिस लगायतका सेवा स्थगित गरिएको जानकारी दिए ।

त्यस्तै डडेल्धुरा प्रशासनले पनी कोरोनाको जोखिम बढेको भन्दै अत्यावस्यक वाहेकका सवै सेवा बन्द गरिएको जनाएको छ । डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले भोलिदेखि अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जनाएका छन्। शान्ती सुरक्षा, मुद्धा सुनुवाई र अत्यावश्यक सेवा मात्र सञ्चालन हुने जोशीले बताए।

प्रतिक्रिया दिनुस