पुरातात्त्विक महत्वका सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं बसुन्धरा बस्ने दाङ तुल्सिपुर उपमहानगरपालिका(३ ठेगाना भएका १८ वर्षीय किशोर र काठमाडौं केशरमहल बस्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-११ घर भएका ३६ वर्षीय बीर बहादुर सुनार रहेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त भई प्रबलीकरणको कार्य भइरहेको केशरमहलभित्र केशर पुस्तकालयको ठुलो कोठाभित्र सङ्कलन गरी राखिएको पुरातात्विक महत्वको अस्थायी रूपमा सूचिकरण गरिएको बाघको टाउकोको नम्बर २६, २ थान र तरबार समेत चोरी भएको घटनाको अनुसन्धानको क्रममा महानगरीय अपराध महाशाखाबाट प्रहरी टोली खटिएको थियो ।
प्रतिक्रिया दिनुस