काठमाडौं । पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार सार्वजनिक गरेको विवरणअनुसार २७ हजार ४९७ जनामा परीक्षण गर्दा १२ हजार बढीमा संक्रमण पुष्टि भएको हो ।
कोरोनाले थप ४ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको कूल संख्या ११ हजार ६३२ पुगेको छ ।
प्रतिक्रिया दिनुस