ठगी मुद्दामा पक्राउ परेर फरार भएका थुनुवा कञ्चनपुरबाट पक्राउ परेका छन । ठगी मुद्दामा फरार भएका बैतडीको पाटन नगरपालिका – ८ बस्ने २८ बर्षिय केशव सिंह भाटलाई प्रहरीले कञ्चनपुरको एरियाबाट पक्राउ गरेको हो ।
भाटलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ ।
यसअघि ठगि मुद्दामा फरार रहेका भाटलाई जिल्ला प्रहरी कार्यालय कैलालीले कार्तिक २७ गते पक्राउ गरेको थियो । प्रहरीको थुनुवा कक्षमा रहेका भाटले पेट दुख्ने समस्या भएको भनेपछि उनलाई मंसिर ६ गते निसर्ग अस्पतालमा भर्ना गरिएको थियो । पछि उनले शौचालय जान्छु भनेर फरार भएका थिए । पक्राउ परेका भाटमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुस