महेन्द्रनगर । पछिल्लो २४ घण्टामा कञ्चनपुरमा थप १ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विहिबार कञ्चनपुरमा एक सय ३८ जनामा सहित सुदूरपश्चिममा पाच सय ३४ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार २ सय ९५ जना एन्टीजिन पोजेटिभ र २ सय ३९ जनामा पीसीआर पोजेटिभ देखिएको छ । त्रिनगर–गौरीफन्टा नाकाबाट आएका ७४, गड्डाचौकी नाकाबाट आएका ७६, जुलाघाटबाट आएका ४ र पुलघाटबाट नेपाल आएका १ जनामा संक्रमण पुष्टि भएको छ । आज सुदूरपश्चिमका नाका भएर भारतबाट १ हजार ४ सय ६७ जना नेपाल आएका थिए । बिहिबार २ हजार २ सय ८६ जनामा कोरोना परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुस