साताभर लगातार उकालो लागेको नेप्से शेयर कारोबार हुने बिहीवार अन्तिम दिन समेत उल्लेख्य रूपमा वृद्धि भएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ५४३.७४ मा पुगेको छ । कूल २२९ कम्पनीको १ करोड ५९ लाख ८९ हजार ७४४ कित्ता शेयर ५ अर्ब ७७ करोड ३१ लाख २० हजार ४०९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पूँजीकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड ८ लाख ८० हजार बराबर पुगेको छ ।

कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार २ उपसमूहको शेयर ओरालो लागेको छ भने ११ उपसमूहको शेयर भने उकालो लागेको छ । बैंकिङ १.०२ र सामूहिक लगानी कोष ०.०२ अंकले ओरालो लागेको छ । व्यापार ४४.७९, होटल तथा पर्यटन १८.७६, विकास बैंक १७१.६५, जलविद्युत् ७६.४२, वित्त ७७.४७, निर्जीवन बीमा २७०।१, उत्पादन ३१.४८, अन्य ११.३९, लघुवित्त ६०.१८, जीवन बीमा ४६२.४ र लगानी १.९६ अंकले उकालो लाग्यो ।

कारोबारका आधारमा आईएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको शेयर २२ करोड २० लाख ५३ हजार ४१६ रुपैयाँ मूल्यमा खरिद बिक्री भए । अपि पावर कम्पनी १८ करोड ४७ लाख २४ हजार ९७६, शिखर इन्स्योरेन्स १७ करोड ६७ लाख ६५ हजार ६२७, अरुण भ्याली हाइड्रोपावर १६ करोड १० लाख ९० हजार १६८ र नेपाल दूरसञ्चार कम्पनी १५ करोड ६७ लाख ५३ हजार २५९ बराबरको कारोबार भई शीर्ष ५ स्थानमा पर्न सफल भए । नेप्सेका अनुसार मैलुङ खोला जलविद्युत् कम्पनी र तेह्रथुम पावर कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्म्क सर्किट लाग्यो । यसैगरी बुद्धभूमि नेपाल हाइड्रोपावर ९.९७, न्यादी हाइड्रोपावर ८.८६ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.७९ प्रतिशतले कमाए ।

आईसीएफसी फाइनान्सको ऋणपत्र ४।३९, बोटलर्स नेपाल तराई १.८४, एनएमबी हाइब्रिड फण्ड एक १.६१, नयाँ सारथी लघुवित्त १.६० र सिटिजन म्युचुअल फण्ड एकका लगानीकर्ताले १.५४ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुस