![](https://hamrokalapanikhabar.com/wp-content/uploads/2022/01/mask-aviyan-1024x489.jpg)
महेन्द्रनगर । कञ्चनपुरका सिडिओ रामप्रसाद पाण्डे सहित प्रहरी कर्मचारीले जनचेतना मूलक अभियान थालेका छन् । बिहीबार महेन्द्रनगर बजार क्षेत्रमा कोरोना लक्षित जनचेतना अभियान सँगै मास्क वितरण गरिएको ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
ट्राफिक इन्चार्ज केशव भट्टका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कोरोना भाइरसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमण तीव्र रूपमा फैलिरहेको अवस्थामा सङ्क्रमणलाई न्यूनीकरण एवं ‘आफू पनि बचौँ र अरूलाई पनि बचाउ’ अभियान अन्र्तगत विना मास्क यात्रा गरिरहेका लाई मास्क समेत वितरण गरिएको छ ।
उनका अनुसार भिमदत्त नगरपालिकाको ट्राफिक चोक देखि, चम्मन चोक, बसपार्क, सब्जिमण्डी हुँदै बजार एरियामा बिना मास्क पैदल हिँडडुल गर्ने तथा सवारी साधन चलाउने सवारी चालकहरूलाई जन चेतनामूलक कार्यक्रम सञ्चालन गरी १५०० थान मास्क वितरण गरिएको हो ।
जनचेतना मूलक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक श्याम सिंह चौधरी, वडा प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख , ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख लगायत सरोकारवाला निकायका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
![May be an image of 5 people, people standing and outdoors](https://scontent.fktm1-1.fna.fbcdn.net/v/t39.30808-6/269665853_3159352994344709_8911774312846779325_n.jpg?_nc_cat=108&ccb=1-5&_nc_sid=730e14&_nc_ohc=LXJ9WG001KYAX8ftSpK&_nc_ht=scontent.fktm1-1.fna&oh=00_AT8FelZ-8Wlj_AmC1BrUPVDkhQH6Cv-GkR9cktd7Jwfaig&oe=61EED3DC)
![May be an image of 7 people, people standing and outdoors](https://scontent.fktm1-2.fna.fbcdn.net/v/t39.30808-6/272284114_3159353084344700_7508535449848560894_n.jpg?_nc_cat=107&ccb=1-5&_nc_sid=730e14&_nc_ohc=ygwR_XaJXIYAX_AMTBl&_nc_ht=scontent.fktm1-2.fna&oh=00_AT9lEAXMoleDZ7ovH8V_KdHikLBdgwUsI39L_l0wcv5cMQ&oe=61ED9E00)
प्रतिक्रिया दिनुस