अष्ट्रेलियामा यसैवर्ष आयोजना हुने टी २० विश्वकप क्रिकेटको तालिका सार्वजनिक भएको छ । डिफेन्डिङ च्याम्पियन तथा घरेलु टोली अष्ट्रेलियाले उप विजेता बनेको न्यूजिल्याण्डसँग सुपर १२ को पहिलो खेलमै प्रतिस्पर्धा गर्दै प्रतियोगिताको शुरुआत गर्ने भएको छ । आईसीसीले जारी गरेको नयाँ तालिका अनुसार टी २० विश्वकप १६ अक्टोबरदेखि शुरु हुने छ ।

सुपर १२ राउण्डको शुरुआत भने २२ अक्टोबरदेखि शुने छ । सुपर १२ को पहिलो खेलमा अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने सामने हुने छन् । यस्तै भारत र पाकिस्तानबीचको खेल भने अक्टोबर २३ तारिखका दिन मेलवर्नमा हुने छ । टी २० विश्वकप २०२२ मा समूह एमा अष्ट्रेलिया अफगानिस्तान, इंग्ल्याण्ड न्यूजिल्याण्ड र विश्वकपको पहिलो राउण्डबाट छनोट भएका २ टिम रहने छन् । यसैगरी समूह बीमा भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बंगलादेशका साथै पहिलो राउण्डबाट आउने २ टिम रहने छन् ।

प्रतिक्रिया दिनुस