फाइल ।

बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिगास ९ सगीनाडमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुर घर भएका अन्दाजी २७ वर्षीय धनराम चौधरीको मृत्यु भएको हो।

चौधरीले चलाएको मोटरसाइकल सडकबाट करीब डेढ सय मिटर तल खसेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए। उनका अनुसार चौधरी बझाङको देउलेकबाट बैतडीको शिवलिंगतर्फ आउँदै गरेको बुझिएको छ। घटनाको विषयमा थप अनुसन्धानका लागि घटनास्थलतर्फ प्रहरी टोली गएको छ ।

प्रतिक्रिया दिनुस