काठमाडौ‌ । नेपाली सेनाका दुई जना उपरथी सिताराम खड्का र ताराध्वज पाण्डेको पदावधि थप भएको छ । तीन वर्ष पदावधि सकिन लागेका बेला प्रधान सेनापति प्रभुराम शर्माको सिफारिसमा खड्का र पाण्डेको दुई वर्ष पदावधि थप भएको हो ।

मन्त्रिपरिषद्को पुस ३० गतेको बैठकले उपरथीद्वय खड्का र पाण्डेको पदावधि थप गर्ने निर्णय गरेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । पदावधि नथपिएका उपरथी अनन्त कार्की भने अवकाशमा जाने भएका छन् । उनले माघमा अवकाश पाउने छन् । प्रधान सेनापती शर्माले सिफारिस नगरेर आफुमाथी अन्याय गरेको भन्दै कार्कीले प्रधानमन्त्री कार्यालयमा उजुरी गरेका थिए ।

प्रतिक्रिया दिनुस