महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका छन् । शुक्रवार कञ्चनपुरका पत्रकारसंग परिचयात्मक कार्यक्रममा बोल्दै प्रहरी उपरिक्षक श्याम सिह चौधरीले प्रहरी ऐन नियमावली अनुरुप काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

हालै कञ्चनपुर सरुवा भएर आएका प्रहरी प्रमुख चौधरीले कञ्चनपुर आफुले नजिकबाट नियालेको जिल्ला समेत भएकाले सरलता पुर्वक समस्याहरुको निकास निकालिने जनाए । प्रहरी प्रमुख चौधरीले निर्मला हत्याकाण्डदेखि सबै घटना प्राथमिकतामा राखेर कार्य सम्पादन गर्ने बताए ।

प्रतिक्रिया दिनुस