काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् । वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा शुक्रबार (आज)सम्बोधन गरेका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेको उनले गत असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा यस अवधिमा सरकारले गरेका कारकारवाही र मुलुकको वर्तमान अवस्थाबारे जानकारी गराएका छन् । सबै नागरिकलाई कोरोनाविरुद्धको खोप निःशूल्क रुपमा उपलब्ध गराउने अभियान निरन्तर रहेको उनको भनाइ छ । सरकारले सरकारी अस्पतालको सेवा र पुर्वाधारमा उल्लेख्य सुधार गरेको, भेन्टिलेटर र अक्सिजन प्लान्ट लगायत सामग्रीहरुमा समेत सुधार गरेको उनले बताए ।
सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले खोप अभियानका लागि तीन तहका सरकार संघ, प्रदेश र पालिकासहित मातहतका निकायले आवश्यक समन्वय गरिरहेको भन्दै खोपको अभाव हुन नदिने धारणा राखे । सम्बोधनका क्रममा प्रधानमन्त्री देउवाले आगामी एक वर्षभित्र तीनै तहका निर्वाचन गर्नुपर्ने भएकाले सबै निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिए ।
एक वर्षभित्र तीन तहका चुनाव गर्ने कार्यभार रहेको उनको भनाइ छ । त्यस्तै उहाले संसद् सुचारु भएपछि सबै दलहरूसँग छलफलको माध्यमबाट सहमति जुटाएर नै विचाराधीन विषयहरूलाई निष्कर्षमा पुराउने दावी गरे ।