महेन्द्रनगर । कंचनपुरको बेलडाँडी गाउँपालिका वडा नं.३ का एक बृद्धको साइलकबाट लडेर मृत्यु भएको छ ।
बैवाह वडा नं.३ अग्लिपट्टीका ५० बर्षिय हिरालाल डगौराको आज बिहान करिव ८ बजेको समयमा आफन्तको घर जाने क्रममा बैवाह शाखाको नहरमा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । बेलडाँडी प्रहरी प्रमुख रविन्द्र कठायतका अनुसार साइकलमा बाबियो बोकेर वडा नं.४ मा रहेका आफन्तको घरमा जानेबेला सागुरो बाटो भएको नहरमा चिप्लेर मृत्यु भएको हुन सक्ने बताए ।
आफन्तका अनुसार बिहान ७ः३० मा घरमै रहेको र आफ्न्तका घर जानु भनि हिडेका मृत्यकका भान्जा उक्त बाटोमा हिड्नेबोला नहरमा खसेको देखेको जनाए ।
मृतकको पोष्टमार्टम भइ आफन्तले शव बुझेका छन् ।
प्रतिक्रिया दिनुस