फाइल ।

कञचनपुर ,माघ, ९। कञचनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाह र वार्ड २ ढकनियामा चितुवाले आतङक मच्चाएको छ । बिहिवार देखि दैनिक साझको समयमा गोठमा पसेर बाख्रा , गाइ र कुकुर खाने गरेको छ ।

शुक्लाफाँटा २ ढकनियामा बिहिवार  राती विरेन्द्र चन्दको २ ओटा बाख्रा खाएको छ । त्यस्तै शुक्रवार राति राजमति भट्टको ३ बाख्रा १ गाइ १ बाच्छी खाएको छ  भने सनिवार राति बन्शाहका  करन बिष्टको  एक बाख्रा र,१ ओटा गाइको बाच्छी र एक कुकुर खाएको शुक्लाफाँटा नगरपालिका  वार्ड १ का वार्ड  सदस्य प्रमार्नन्द जोशी जानकारी दिनुभयो ।

शुक्लाफाँटा आरक्ष बाट आएर बन्शाहको सामुदायिक बनमा रहेको चितुवाले आतङक मच्चाएपछि बन्शाहका स्थानिय त्रसित बनेका छन । समयमै चितुवाको नियन्त्रण गर्न नसके मानव समुदायमा घटना हुने देखिन्छ ।

प्रतिक्रिया दिनुस