बैतडीको सुर्नया नदीमा एक युवक मृत फेला परेका छन् । पाटन नगरपालिका ३, ४ र ६ को सीमा सैन्देउ नजिकै नदी किनारमा अन्दाजी २५ वर्षीय युवकको शव फेला परेको हो ।

स्थानीय बासिन्दाले आज बिहान नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त शवको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय पाटनका निमित्त प्रमुख, प्रहरी नायव निरीक्षक नरेन्द्र धामीले जानकारी दिए। उनले भने, ‘बिहान १० बजे स्थानीयले हामीलाई खबर गरेका हुन्, प्रहरी टोली घटनास्थल पुगिसकेको छ। शरीरमा घाउचोट देखिएको छैन,एक दुई दिनअघि मृत्यु भएको जस्तो छ।’

शव पहिचानको काम र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

प्रतिक्रिया दिनुस