अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले एक साताका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । नगरपालिकामा कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका कार्यालय र मातहतका वडा कार्यालयहरुबाट दिइने सेवा बन्द गरिएको हो ।

नगरपालिकाले आइतबार जारी गरेको सूचनामा नगरपालिकाका कर्मचारीमा कोरोना देखिएकाले माघ ९ देखि माघ १५ सम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको उल्लेख छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज बिष्टद्धारा जारी सूचनामा अत्यावश्यक स्वास्थ्य, सरसफाई र दमकल सेवा भने सुचारु रहने जनाइएको छ । हाल नगरपालिकाका १५ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुस