कञ्चनपुर ,माघ, ९। बन्शाहमा चितुवाको आतंक रोकिएको छैन । माघ ६गते देखिको लगातारको चितुवाको आतंक रोकिएको छैन । कञ्चनपुर शुक्लाफाँटा नगरपालिका वार्ड १ बन्शाह गणेशपुर रामनगर र वार्ड २ ढकनियामा चितुवाले आतङक मच्चाएको छ । शुक्लाफाँटा १ का वार्ड सदस्य प्रमार्नन्द जोशीले भने बिहिवार देखि चितुवाको आतंक रोकिएको छैन  दैनिक साझको समयमा गोठमा पसेर बाख्रा , गाइ र कुकुर खाने गरेको उन्ले बताए ।

शुक्लाफाँटा १ बन्शाह गणेशपुर गोरेडाँडा नजिकै शेरे सार्कीको गोठमा आइतवार राति चितुवा पसेर ४ बाख्रा खाएको छ । गणेशपुर गोरेडाँडा नजिकै शेरे सार्कीको गोठमा आइतवार राति चितुवा पसेर ४ बाख्रा खाएको  शुक्लाफाँटा नगरपालिका  वार्ड १ का वार्ड  सदस्य प्रमार्नन्द जोशी जानकारी दिनुभयो ।

शुक्लाफाँटा आरक्ष बाट आएर बन्शाहको सामुदायिक बनमा रहेको चितुवाले आतङक मच्चाएपछि बन्शाहका स्थानिय त्रसित बनेका छन । समयमै चितुवाको नियन्त्रण गर्न नसके मानव समुदायमा घटना हुने देखिन्छ ।

प्रतिक्रिया दिनुस