बैतडी माघ ११ । बैतडीको दोगडाकेदार गाउँपालिका ०१ रीम घोरडीमा सोमबार साँझ गाउँमा पसेको जंगली बँदेललेको  आक्रमणमा चार जना घाईते भएका छन । बँदेलले आक्रमणबाट रीमका स्थानिय बल बहादुर कार्की, मन्नाम जोशी, हरी दत्त जोशी, विरभान सार्की घाइते भएका हुन ।

सोमबार साँझ गाउँमा पसेको जंगली बँदेलको आक्रमणबाट घाइते भएका घोरडीका मनोरथ जोशीको उपचारको लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घाइते मध्ये स्थानीय बल्देव कार्कीको धनगढीमा उपचार भईरहेको छ । घाइते बीरभान सार्की र हरिदत्त जोशी स्थानीय स्वास्थ्य संस्थामै उपचार भएको थियो । जंगली जनावहरुको बासस्थान नष्ट हुँदा उनीहरु मानवबस्तीमा पस्ने गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानव र वन्यजन्तुबीचको द्वन्द बढ्दै गएको उनले बताए ।

 

प्रतिक्रिया दिनुस