कञ्चनपुर माघ १३ । उच्च अदालत बार एसोसिएसन महेन्द्रनगरको अध्यक्षमा अधिवक्ता यज्ञराज जोशी निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा जोशी बाहेक अन्यको उम्मेदवारी नपरेपछि उनी निर्विरोध भएका हुन् ।
बारमा अन्य पदाधिकारी र सदस्य पनि निर्विरोध भएका छन् । बारको उपाध्यक्षमा अधिवक्ता जग बहादुर चौधरी, सचिव बीर बहादुर विष्ट र सह सचिवमा त्रिपुरेश्वरी भट्ट चयन भएका छन् ।
यसैगरी सदस्यमा कृष्णदत्त जोशी, प्रेम बहादुर चन्द, रोशन लाल चौधरी, बामदेब जोशी र रेवती जोशी निर्विरोध भएका छन् ।
प्रमुख निर्वाचन अधिकृत एकराज भट्टका अनुसार सबै पदमा आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि निर्विरोध भएको बताए ।
बारको माघ १४ गतेका लागि चुनाव हुने मिति तोकिएको थियो । चुनावको अघिल्लो दिन बार कार्य समिति निर्विरोध घोषणा गरिएको छ ।
प्रतिक्रिया दिनुस